अनेकताले दुस्ख दिन्छ, एकताका कुरा गरौं
आ(आफ्नो जिम्मेदारी, ईमानकासाथ पुरा गरौं
दुईढुड्०गाको तरूल भन्ने, यो मर्मलाई भुल्नुहुन्न
पराई सामु आफ्नो देशको, भेद कैले खुल्नुहुन्न

कोही माथि सर्न सक्छन्, कोही तल झर्न सक्छन्
हाम्रो थैली रित्याएर, उनकै भण्डार भर्न सक्छन्
देशको स्वार्थ जोगाएर, पराईलाई बनाउँ साथी
उठाउनुछ सगरमाथा, यो भन्दा नि अझ्झै माथि

हिमाल जस्तै नेपाली शिर, कसै सामु झुक्नुहुन्न
सानातिना स्वार्थ खातिर, कहीं कतै चुक्नुहुन्न
जोगाउनुछ नेपालीको, हिजोको त्यो शान अझै
दुस्खगरी वीर पुर्खाले, आर्जिएको मान अझै

आ(आफ्ना स्वार्थलाई, अब सबले छोडी हेरौं
अनेकतामा एकतालाई, फेरि पनि जोडी हेरौं
भोगेकैथ्यौं हिजो यहाँ १भाईफुट्दा के के भयो
हामीलाई फुटाएर, पराई जुट्दा के के भयो

मुकुन्द पौडेल
रत्ननगर १३ चितवन
हाल(जरंकु काठमाडौं

प्रतिक्रिया

सम्बन्धित खवर