बागलुङ, ७ मङ्सिर। प्रतिनिधिसभा र प्रदेशसभातर्फ यहाँका छवटै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी बनेका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० र राष्ट्रिय जनमोर्चाका उम्मदेवारले जित निकालेका हुन् ।

बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१ हजार चार सय ५१ मतसहित चौथोपटक संसद्को यात्रा तय गर्नुभएको हो । केसीले विसं २०५६ र २०६४ को निर्वाचन बागलुङबाटै जित्नुभएको थियो । विसं २०७० को निर्वाचनमा समानुपातिकतर्फबाट संसद्मा पुग्नुभएको थियो ।

अहिलेको निर्वाचनमा नेकपा ९एमाले०का सूर्य पाठकलाई पराजित गर्दै केसी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी पाठकले १८ हजार आठ सय २५ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा नौ हजार एक सय ८१ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल तेस्रो स्थानमा सीमित हुनुभयो ।

बागलुङ–२ मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा नेकपा ९माओवादी केन्द्र०का सचिव देवेन्द्र पौडेल विजयी हुनुभएको छ । पौडेलले चार हजार पाँच सय ९९ सय मतान्तरसहित नेकपा ९एमाले० का मञ्जु शर्मा चालिसेलाई पराजित गर्नुभएको हो ।

पौडेलले २४ हजार सात सय ७९ र चालिसेले २० हजार एक सय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो । पौडेल विसं २०७४ को चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

प्रदेशसभातर्फ १ ९१० मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले एमालेका हिराबहादुर केसीलाई पराजित गर्नुभयो । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीको १२ हजार चार सय पाँच मत आयो । विसं २०७४ को चुनावमा पराजित थापा गठबन्धनको जगमा यो चुनावको नतिजा आफ्नो पक्षमा पार्न सफल हुनुभएको हो ।

१ ९२० मा १३ हजार तीन सय २० मतसहित कांग्रेसका डिल्लीराम सुवेदी विजयी बन्नुभएको छ । कांग्रेसका कान्छा उम्मेदवारमध्येका सुवेदीले भारी मतान्तरसहित एमालेका नवराज पौडेललाई पराजित गर्नुभएको हो । पौडेलले सात हजार दुई सय ५३ मत ल्याउनुभयो ।

त्यस्तै निर्वाचन क्षेत्र नं २ ९१० मा कांग्रेसका जित शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीलाई पराजित गर्नुभयो । शेरचनले १५ हजार एक सय आठ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गर्नुभयो । शेरचन तेस्रोपटकमा प्रदेशसभामा पुग्न सफल हुनुभएको हो । विसं २०७४ र २०७६ को उपनिर्वाचनमा शेरचन पराजित हुनुभएको थियो ।

निर्वाचन क्षेत्र नं २ ९२० मा एमालेका लक्ष्मण पुनलाई पराजित गर्दै कांग्रेसका द्रोण कुँवर विजयी बन्नुभएको छ । कँुवरले १२ हजार चार सय आठ र पुनले आठ हजार छ सय ७१ मत प्राप्त गर्नुभयो । विसं २०७४ को चुनावमा तत्कालीन वाम गठबन्धनसँग जिल्लाका सबै क्षेत्रमा पराजित कांग्रेसले यसपटक प्रदेशसभाका चार वटै सिटमा जित निकाल्न सफल भएको छ । गठबन्धनमा आबद्ध माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा आफ्ना उम्मेदवारलाई प्रतिनिधिसभामा पठाउन सफल भएका छन् ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर