काठमाडौं, ५ असोज । कपनको राम मन्दिर नजिकको एक घरमा भिषण आगलागी भएको छ ।
उक्त घर ट्रेकिङ्ग अफिस र सो ट्रेकिङ्गको सामान राख्ने रहेको जनाइएको छ ।
अहिले उक्त आगलागी निभाउन काठमाडौं र ललितपुरको दमकल बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभएको छ ।
आगो लागेको ठाउँबाट ग्यास सिलिन्डर पडकिएको आवाज सुनिएको भनेपनि सो ट्रेकिङ्गमा प्रयोग गरिने सिलिण्डरको हुन सक्ने अनुमान पनि गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर