काठमाडौैं, २ भदौ । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०८२ जनाको पीसीआर परीक्षण गर्दा २२४ र २८४८ एन्टिजेन परीक्षण गर्दा ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयावधिमा ४२१ जना कोरोनाबाट विसेक भएका छन् भने सक्रिय संक्रमितको संख्या ५२६५ जना रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर