काठमाडौं, २० साउन । मंसीर ४ गते हुने आम निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनले सीट वाडफाडका लागि ११ सदस्यिय कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा आज विहान वसेको वैठकले सो निर्णय गरेको हो ।
कार्यदलमा नेपाली कांग्रेसबाट तिनजना र अन्य दलबाट २,२ जनाको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट संचारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की र कृष्णप्रसाद सिटौला र गगन थापा रहनुभएको छ । त्यस्तै माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन रहनुभएको छ भने जसपाबाट रामशाह यादव र रकम चेम्जोंग रहनुभएको छ ।
त्यसैगरी नेकपा समाजवादीबाट महासचिव देगुराम भुषाल र उपाध्यक्ष प्रमेश हमाल रहनुभएको छ । कार्यदलमा राष्ट्र्यि जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्माले प्रतिनिधित्व गरेका छन् ।
यो कार्यदलले साउन मसान्त भित्र सिट वाडफाडको प्रारुप तयारगरी सिर्षनेता समक्ष पेश गर्ने छ ।