काठमाडौं, १९ साउन । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६०२ पुगेको छ । पछिल्लो चौविस घण्टामा ३२४ जना संक्रमित विसेक भएका छन् भने १ जनाको ज्यान गएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर