काठमाडौँ, १५ साउन । प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जनार्दन शर्मालाई पुनः अर्थमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

उक्त कुरा राष्ट्रपति कार्यालयले जनाएको छ । अर्थमन्त्री शर्माले आजै शपथ लिने कार्यक्रम रहेको छ ।

अर्थमन्त्री शर्माले बजेट र्मिाणका क्रममा अनधिकृत मानिसहरुलाई अर्थ मन्त्रालयभित्र राखेर राजस्वका दर हेरफेर गरेको विवादपछि अर्थमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर