काठमाडौ, १८ असार । सर्वोच्च अदालतले सर्तसहित वातावरणीय क्षति न्यून हुने गरी उपयुक्त स्थानमा विमानस्थल निर्माणकार्य अगाडि बढाउन फैसला गरेपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययनका लागि आज बाराको निजगढ पुग्नुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले सो बारे सामाजिक सञ्जालमार्फत् जानकारी दिनुभएको हो ।

निजगढ जानुहुने शीर्ष नेताहरुमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी पर्यटनमन्त्री जीवनराम श्रेष्ठ हुुनुहुन्छ ।

गत मंगलबार निजगढ विमानस्थलबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर