
काठमाडौं, ५ असार । पछिल्लो चौविस घण्टामा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२५४ जनाको पीसीआर र ७७३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार चौविस घण्टामा १२ जना संक्रमणबाट विसेक भएका छन्।
अहिले सक्रिय संक्रमितको संख्या ११० रहेको मन्त्रालयले जनाएको छ।