वाशिंगटन, २ माघ । रक्षा ठेकेदारहरूलाई सन् २०२६ सम्ममा चीनबाट प्राप्त दुर्लभ पृथ्वी खनिजहरूको प्रयोग अन्त्य गर्न बाध्य पार्ने उद्देश्यले शुक्रबार अमेरिकी सिनेटमा नयाँ ‘दुर्लभ-पृथ्वी विधेयक’ पेश गरिएको छ।

अमेरिकी कदमप्रति प्रतिक्रिया दिँदै चिनियाँ विज्ञहरूले चीनको वृद्धिलाई रोक्ने प्रयासको पृष्ठभूमिमा यो अमेरिकाको अर्को राजनीतिक चाल हो यद्यपि यसले चीनको दुर्लभ-पृथ्वी क्षेत्रको विकासमा बाधा नपर्ने बताएको ग्लोबल टाइम्सले जनाएको छ।

बेइजिङस्थित एन्बाउन्ड कन्सल्टिङका वरिष्ठ विश्लेषक लिउ एन्कियाओले ग्लोबल टाइम्सलाई भने, आफ्नै दुर्लभ-पृथ्वी आपूर्ति शृङ्खला स्थापना गर्ने लक्ष्यका साथ वाशिंगटनको चालहरूको शृङ्खलालाई हेर्दा यो आश्चर्यजनक कदम होइन।यस कदमको पछाडिको व्यापक सन्दर्भ अमेरिका-चीन बिग्रँदै गएको सम्बन्ध हो।

यसबाहेक हतियार सहित उच्च प्रविधि उत्पादनहरूको लागि महत्त्वपूर्ण कच्चा पदार्थका निम्ति अमेरिका चीनको दुर्लभ पृथ्वी खनिजको आपूर्तिमा धेरै निर्भर गर्दछ । चीनसँग ४४ मिलियन टन दुर्लभ पृथ्वी खनिजको भण्डार छ जुन विश्वव्यापी भण्डारको ३६.७ प्रतिशत हो। ग्लोबल टाइम्सका अनुसार सन् २०२० मा चीनले १४०,००० टन दुर्लभ पृथ्वी खनिज उत्पादन गरेको जनाइएको छ र यो मात्रा विश्वव्यापी उत्पादनको लगभग ६० प्रतिशत हो।

प्रतिक्रिया

सम्बन्धित खवर