काठमाण्डौ, २६ मंसिर । नेपाली कांग्रेसको सभापतिमा उम्मेदवार शेखर कोइरालाले ‘एक व्यक्ति एक जिम्मेवारी: एक पटकको लागि मेरो उम्मेदवारी’ भन्ने नाराकासाथ चुनावी घोषणा पत्र सार्वजनिक गर्नुभएको छ ।

उहाँ नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भोलि हुने चुनवामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापति पदको लागि उम्मेदवार बन्नुभएको छ ।

नेता शेखर कोइराला परिवर्तन आकांक्षी युवा कांग्रेस पहिलो रोजाइमा पर्नुहुन्छ । उहाँलाई यो चुनावमा उहाँका समकालिन र उपल्लो तहका नेताहरूबाट पनि उत्तिकै साथ र सहयोग मिलेको छ ।

मतदानको अघिल्लो दिन आज सार्वजनिक गर्नुभएको  घोषणा पत्रमा  कोइरालाले  आफ्नो उम्मेदवारी किन र सभापतिमा चुनिएपछि के के गर्ने भन्ने स्पष्ट पार्नुभएको छ ।घोषणा पत्रमा उहाँले बलियो बनाउने सात सकंल्प गर्नुभएको छ ।

त्यस अनुसार पार्टीका हरेक निर्दणयहरू पारदर्शी बनाउने,  नेतृत्व सधैं जवाफदेही रहने र पार्टीलाई जनउत्तरदायी उहाँको संकल्प छ ।

त्यसैगरी पार्टीका सबै विभागको गठन ६ महिनाभित्र गर्ने र त्यसमा व्यक्तिको क्षमता, अनुभव र ऊर्जालाई प्रथमिकता दिइने कोइरालाको अर्को संकल्प छ ।

कोइरालाको घोषणाका ७ संकल्प

१.संविधान कार्यान्वयनको प्रतिबद्धता ।

२.वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना ।

३.क्रियाशील र जिम्मेवार भातृ एवं शुभेच्छुक संगठन ।

४.अनुभव र ऊर्जासहितको सशक्त कांग्रेस निर्माण ।

५.पारदर्शी निर्णय, जवाफदेही नेतृत्व, उत्तरदायी पार्टी ।

६.सहभागितामूलक लोकतान्त्रिक अभ्यास ।

७.प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन ।

प्रतिक्रिया

सम्बन्धित खवर