गी ज्याकसन मोनाको, ११ मङ्सिर । खेलकूदमा पुरूष खेलाडीभन्दा महिला खेलाडी बढी पीडित हुने सम्भावना रहेको शनिबार सार्वजनिक गरिएको छ वटा युरोपेली मुलुकका १० हजारभन्दा बढी व्यक्तिको अध्ययनले देखाएको छ ।

तीन चौथाइ बालबालिकाले खेलकुदमा दुव्र्यवहारको सामना गर्नुपरेको उक्त अध्ययनले देखाएको छ । युरोपेली संघद्वारा सञ्चालित अध्ययनले देखाएअनुसार विद्यालयबाहिर खेलकुदमा भाग लिने केटाकेटीले प्रशंसाको कमीदेखि लिएर अपमानजनक उपचारसम्म भोग्नुपरेको र सबैभन्दा सामान्य प्रकारको दुव्र्यवहार मनोवैज्ञानिक रहेको उक्त अध्ययनले देखाएको छ ।

खेलकूदमा बाल दुव्र्यवहार शीर्षकमा सर्वेक्षण गरिएको र सर्वेक्षणमा सम्लग्नहरूमध्ये झन्डै दुई तिहाइले मानसिक दव्र्यवहार भोगेका पाइएका छ अर्थात् ४४ प्रतिशत खेलकर्मीले शारीरिक हिंसा भोगेका थिए ।

उक्त रिपोर्टका प्रमुख लेखक तथा इङ्ल्याण्डको ‘एज हिल’ विश्वविद्यालयका प्राध्यापक माइक हार्टिलले उक्त निष्कर्षले देखाएअनुसार युरोपमा खेलकुदमा शासन गर्नेहरूले खेलकुदमा बालबालिकाको अधिकार संरक्षण गर्न ‘अत्यन्तै थोरै’ प्रयत्न गरेका छन् । उनीहरूले ‘नीतिमात्र बनाउनुभन्दा यसलाई कार्यान्वयनमा लान अझै धेरै’ गर्नुपर्छ ।

“हामीले पत्ता लगाएका कुराहरू पक्कै पनि साह्रै चिन्ताको विषय हुन् । हालैका समयमा हामीले खेलकुदमा बाल दुव्र्यवहारका धेरै उच्च–प्रोफाइल घटनाहरू देखेका छौं, तर यस अनुसन्धानले हामीलाई समस्याको व्यापकता अझ स्पष्टसँग बुझ्न मदत गर्छ,” हार्टिलले भन्नुभयो ।

एज हिल विश्वविद्यालय र जर्मनीको वुपरटल विश्वविद्यालयको नेतृत्वमा गरिएको यस अध्ययनले १८ वर्ष पुग्नु पहिल्यै खेलकुदमा भाग लिएका १८ देखि ३० वर्षका व्यक्तिहरूलाई प्रश्न गरेको थियो । अध्ययनले दुव्र्यवहारको सबैभन्दा धेरै घटना अन्तरराष्ट्रिय तवरमा प्रतिस्पर्धा गरेका बालबालिकाहरूमा रहेको देखाएको छ । त्यस स्तरमा ८४ प्रतिशत किशोरकिशोरीहरूले कुनै न कुनै प्रकारको दुव्र्यवहार भोगेका थिए ।

समाजशास्त्रका विशेषज्ञ हार्टिलले अक्सर प्रशंसा वा प्रोत्साहनको अभावलाई खेलकूद्को दुव्र्यवहारको रूपमा उल्लेख गरिएको बताउनुभयो ।

“केटाकेटीको प्रशंसा गर्न नदिनु हानिकारक हुन सक्छ । मोनाको वल्र्ड एथलेटिक्सको मुख्यालयमा अध्ययन सुरु गर्नुपूर्व एक गोष्ठीमा बोल्दै उहाँले बताउनुभयो । यो हल्का घटनादेखि लिएर अझ गम्भीर दुव्र्यवहारको लागि सङ्केतको रूपमा प्रयोग हुन सक्छ ।

अस्ट्रिया, बेल्जियम, जर्मनी, रोमानिया, स्पेन र बेलायतको वालोनिया क्षेत्रमा जम्मा १०,३०२ जनालाई प्रश्न गरिएको थियो । तिनीहरूलाई मतदान कम्पनी ‘इप्सोस मोरी’द्वारा वितरण गरिएको अनलाइन प्रश्नावली पूरा गर्न आग्रह गरियो र रोचक जवाफहरूले अनुसन्धाताहरूका लागि थप प्रश्नहरू खडा ग¥्यो । अध्ययन गरिएका यूरोपेली मुलुकमध्ये बेल्जियममा सबैभन्दा बढी ८० प्रतिशत दुव्र्यवहार थियो भने सबैभन्दा कम अस्ट्रियामा ९७० प्रतिशत० थियो । अस्ट्रियाबाहेक सबै देशमा केटाहरूले हिंसाको सामना गर्ने सम्भावना निकै बढी थियो।एएफपी

प्रतिक्रिया

सम्बन्धित खवर