काठमाण्डौं, १० मंसिर । नेपाली काँग्रेसले १४ औँ महाधिवेशन अन्तर्गत आज शुक्रबारबाट ४२ जिल्लामा जिल्ला अधिवेशन गर्दैछ । यो अधिवेशन दुई वा दुइभन्दा बढी संघीय निर्वाचन क्षेत्र भएका जिल्लामा हुन लागेको हो ।
यसअघि एक निर्वाचन क्षेत्र भएका जिल्लामा गते ६ गतेबाट जिल्ला अधिवेशन गरिएको थियो । तर त्यस्ता जिल्लाहरूमध्ये रसुवा, खोटाङ, दार्चुला, धनकुटा जिल्लाको अधिवेशन हुन बाँकी छ ।
त्यस्तै १४ बटा हिमाली जिल्लाको जिल्ला अधिवेशन पनि भैसकेको काँग्रेस निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार, प्रदेश अधिवेशन हुने सात प्रदेशका जिल्लाहरूमा भने अधिवेशन पछि गर्ने तयारी छ । कांग्रेसले यही मंसिर १६ देखि १७ सम्म प्रदेश अधिवेशन गर्दैछ। विराटनगर, जनकपुरधाम, हेटौडा, पोखरा, बुटवल, सुर्खेत, धनगढीमा प्रदेश अधिवेशन हुनेछन्।
चितवनमा आजैबाट नेकपा एमालेको महाधिवेशन सुरु भएकोले त्यस जिल्लको कांग्रेसको जिल्ला अधिवेशन रोकिएको छ । त्यो जिल्लाको अधिवेशन मिति पछि तोकिने छ ।
यता दुई निर्वाचन क्षेत्र भएको रसुवामा पनि अधिवेशन अनिश्चित छ । त्यहाँ सदस्यता विवाद छ । त्यसै गरी पर्सा, सर्लाहीलगायतमा पनि अधिवेशनका काम अगाडि बढेका छैनन्।
उपत्यका भित्र काठमाण्डौंको जिल्ला अधिवेशन भोलि सोमबार हुँदै छ भने ललितपुरको आजै हुँदैछ ।
काँग्रेसको केन्द्रीय महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुने कार्यक्रम छ।