काठमाडौ, ११ असोज । पूर्व प्रधानमन्त्री एवं. जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले संसदलाई दुईचोटी विघटन गर्ने नेकपा एमालेलाई संसदमा वस्न लाज हुनुपर्ने बताउनुभएको छ ।
उहाँले एमालेका सांसदहरुलाई नैतिकताको आधारमा पदबाट राजीनामा दिन समेत चुनौति दिनुभयो ।
उहाँले उक्त कुरा आज प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा बताउनुभएको हो ।
अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु लाजमर्दो कुरो
भएको वताउनुभयो ।
भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सृजना गर्नु निर्लज्जताको पराकाष्ठ भएको वताउँनुभयो ।