काठमाडौ, ८ असोज । नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेच चोर्ने प्रयास गरेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

संग्रहालयमा घुम्न पसेका रुकुम मुसिकोटका एक २५ वर्षे युवाखेमबहादुर भण्डारीले आज सो प्रयास गरेका थिए ।

उनले सिसा फुटाएर श्रीपेच लगाउन खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

उनले संग्रहालय अवलोकन गर्ने क्रममा श्रीपेच देखेपछि श्रीपेच लगाएर राजा बन्छुु भन्दै श्रीपेच लगाउन खोजेको प्रहरीले जनाएको छ।

उनीसंग सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर