काठमाडौँ, ६ साउन । १० बुँदे सहमति भएको अवस्थामा सांसदहरुलाई स्पष्टीकरण सोध्नु गलत हो ।
बानेश्वरमा आज बसेको खनाल–नेपालपक्षका स्थायी कमिटी सदस्यहरुको बैठक उक्त निष्कर्ष निकालेको छ ।
बैठक बारे जानकारी दिदै नेता रघुजी पन्तले बैठकले सो कार्यप्रति ‘खेद व्यक्त गरेको छ र त्यस्ता गतिविधि तत्काल रोकेर पार्टी एकताको कामलाई अगाडि बढाउन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण पनि गरेको छ ।

छलफलमा सबैको जोड एकतामा रह्यो । वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नाराबाजी गर्दै पुत्ला जलाउने साथै सर्वोच्च अदालतको फैसलाअनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि, नाराबाजी गर्ने काम तत्काल रोकिनु पर्छ,भन्दै नेता पन्तले त्यस्ता गतिविधि तत्काल रोकेर पार्टी एकताको कामलाई अगाडि बढाउन ध्यानाकर्षण गरेको वताउनुभयो ।
बैठकमा उपाध्यक्ष भीम रावल उपस्थित नभएको उहाँले बताउनुभयो ।
बैठकले सर्वोच्चको फैसलाविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई स्पष्टीकरण सोध्नु एकतामा भाँजो हाल्ले काम भएको ठहर गरेको छ ।
उहाँले ‘अदालतको फैसलाले सांसदलाई विवेक प्रयोग गर्न भनेपछि विभिन्न निहुँ देखाएर स्पष्टीकरण सोधिनु हुँदैन ।’

एमाले केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार प्रधानमन्त्री शेरवहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता नेपालसहित २२ सांसदलाई २४ घन्टाभित्र स्पष्टीकरण दिन पत्र पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर