काठमाण्डौं, २८ असार ।  इटलीले युरोकप २०२० को उपाधि जितेको छ । उसले युरोपियन फुटबलको यो सम्मानित उपाधि दोस्रो पल्ट जितेको हो ।

इटलीले निकै पहिले सन् १९६८ मा युरो कप जितेको थियो । त्यसयता उसले दुईपल्ट विश्वकप पनि जितेको छ ।

गए राति लण्डनको वेम्बली रंगशालामा भएको युरोकप उपाधि भिडन्तको यो फाइनल खेलमा इटलीले इङ्लिस टोलीलाई उसकै घरेलु मैदानमा पेनाल्टी प्रहारमा हराएको हो ।

यो हारसँगै इङ्ग्ल्याण्डले फुटबलको इतिहासमा ५५ बर्षपछि दोस्रो ठूलो सम्मान प्रप्त गर्ने मौका गुमायो  । १९६६ मा इङ्ग्ल्याणडले विश्वकप जितेको थियो ।

यद्यपि आजको खेलमा घरेलु मैदानमा खचाखच दर्शकहरूको समर्थन पाएको इङ्ग्ल्याण्डले खेल शुरु भएको दुई मिनेटमै गोल गरेर आफ्ना नागरिक र सारा शुभेच्छुकलाई हर्षित बनाएको थियो । यो गोल युरोकपमा आजसम्मका फाइनल खेलभरिकै शीध्रगोल हो ।

यो गोल  ट्रिपरको पासमा लुक शाले गरेका हुन् ।

तर इङ्ल्याण्डको लागि लुक शाले ल्याएको यो खुशी मध्यान्तरपछिको २२ मिनेटमा सकियो । खेलको ६७ औं मिनेटमा इटलीका लियोनार्दो बोनुचीले गोल फर्काए र खेल बराबरीको अवस्थामा पुर्‍याए ।

निकै प्रतिस्पर्धापूर्ण र रोचक रहेको यो खेलको ९० मिनेटको समय यसरी दुबै टोलीको समान १/१ गोलमा सकियो ।

त्यसपछि थप ३० मिनेटको अतिरिक्त समय खेल भएको थियो । त्यसमा पनि दुबैले जित निकाल्न नसकेपछि खेल पेनाल्टी शुटआउटमा पुगेको थियो ।

पेनाल्टी शुटआउटमा इटलीले दुइटा गोलमात्र चुक गर्यो भने इङ्ल्याण्डले तीन बल बिगार्‍यो। यसरी इटली पेनाल्टी शुटआउटमा तीन गोल गरेर उपाधि चुम्न पुग्यो ।

इटली र इङ्ग्ल्याण्ड दुबै देश यसपालिको युरोकपका आयोजक हुन् । खेलको उद्घाटन इटालीको रोममा भएको थियो । उद्घाटन खेलमा टर्की र इटालीबीच भएको थियो ।

समूह ए मा रहेको इटलीले समूह चरणको सबै खेल घरेलु मैदानमा खेलेको थियो भने  इंग्ल्याण्डले क्वार्टरफाइलबाहेकका सबै खेल घरेलु मैदान वेम्बलीमा खेल्ने अवसर पाएको थियो ।

इटली २०००, २०१२ मा पनि  फाइनलमा पुगेको थियो । तर जित्न सकेको थिएन ।

यसपटकको युरोकप २०२०मा सर्वाधिक गोल गर्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र चेक रिपब्लिकका प्याट्रिक सिक रहे  । दुबैले ले ५/५ गोल गरे । रोनाल्डोले एक गोलमा सहयोग पनि गरेका छन् ।

फ्रान्सका करिम बेन्जिमा ४ गोल गरेका छन् ।

गत जुन ११ बाट सुरु भएको यो प्रतियोगिता जुलाई १२ अर्थात् एक महिनासम्म चल्यो ।

युरोकपको यो १६ औं संस्करण हो । यसपटक प्रतियोगिताका खेलहरू युरोपका विभिन्न देशका ११ शहरमा गरियो । यो प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको छ ।

खेलहरू लण्डन, आम्स्टरडाम, बाकु, सेभिया, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा भए ।

यसअघिको सन् २०१६ को युरोकपको उपाधि पोर्चुगलले जितेको थियो ।

सन् २०२० मा हुनुपर्ने युरोकप कोरोना महामारीको कारण एकबर्ष पछि सारिएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर