काठमाण्डाै, २४ असार  । इङ्ग्ल्यान्ड यूरो कप फुटबलको इतिहासमै पहिलो पटक फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

इङ्ग्ल्यान्डको  वेम्बली स्टेडियममा दोस्रो सेमिफाइनल खेलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै पहिलोपटक युरोकपको उपाधि नजिक पुगेको हो ।

बिहिबार बिहान सम्पन्न यूरो कप २०२० को दोस्रो सेमिफाइनल खेलमा सुरुवाती अग्रता भने पाहुना टोली डेनमार्कले लिएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले फ्रिकिकमार्फत ३० औं मिनेटमा नै गोल गरेका थिए ।  । तर, घरेलु टोली इंग्ल्याण्डले त्यसलाई उल्टाएर जित निकालेको हो ।

खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले  आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको १ सय ४ औं मिनेटमा इङ्ग्ल्यान्डका कप्तान केनले गोल गरे ।

रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्सभित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भिएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो । जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्पर सुमाइकलले रोकेका थिए । तर, रिबाउन्डमा आएको बलमा केनले सहजै गोल गरे ।

आइतबार राति १२:४५ बजेसम्पन्न हुने फाइनल खेलमा इङ्ल्याण्डले इटालीको सामना गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर