काठमाडौँ, २३ असार ।अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । एक एक गोलको बराबरीपछि भएको पेनाल्टी सुटआउटमा कोलम्बियालाई ३-२ गोलले पराजित गरी अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

बुधबार बिहान भएको खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएकाे थियाे ।निर्धारित समय सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा लगिएकाे थियाे ।अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले तीनवटा पेनाल्टी रोकेर खेलको नायक बने ।

ब्रासिलियास्थित नासिओनल स्टेडियममा भएको खेलमा कप्तान लियोनेल मेस्सीले दिएका पासमा सातौ मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

६२औं मिनेटमा  लुइस डियाजले इडविन कार्डानाको पासमा गोल गर्दै कोलम्वियाले खेल १-१ को बराबरी बनाएको थियो ।

फाइनलमा अर्जेन्टिनाले ब्राजिलसँग खेल्नेछ ।  खेलको ११ जुलाईमा हुने छ । साविकको विजेता ब्राजिलले मंगलबार बिहान पेरुलाई १-० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।१४ वर्षपछि ब्राजिल र अर्जेन्टिना कोपाको फाइनलमा भिड्ने भएका हुन् ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर