काठमाडौ, १६ साउन । नेपाली कांग्रेस संस्थापन इतर पक्षले डा.शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेलाको तयारीका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ।
आज पत्रकार सम्मेलनमा अन्य १६ वटा उपसमिति समेत गठन गरिएको जानकारी दिएको छ ।
यसअघि सो समूहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको थियो।
