रौतहट,१० असार । मौलापुर नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै आज विहानदेखि भएको विरोध प्रदर्शनमा भएको झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर, र अश्रुग्यास प्रहार गरेको छ ।
सो झडप नियन्त्रणका लागि प्रहरीले १४ राउन्ड हवाई फायर, २३ राउन्ड अश्रुग्यास प्रहार गरेको बुझिएको छ ।
उक्त झडप नेपाली कांग्रेस, एमाले माधव नेपाल समूह, उपेन्द्र यादवको राजपालगायतले नगरसभा गर्न नदिने भन्दै नाराबाजी गरेपछि प्रभु साह पक्षधरसँग भएको थियो ।