कास्की; १५ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आज निर्णय हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा प्रस्ताव सम्बन्धमा छलफल भई मुख्यमन्त्री गुरुङले जवाफ दिनुहुनेछ । मुख्यमन्त्रीले जवाफ दिएपछि सो प्रस्तावमाथि निर्णय गरिने कार्यसूची छ ।

मङ्गलबारको बैठकमा नेकपा(एमाले)का प्रदेशसभासद्ले कोरोना परीक्षण नगरी बैठक बस्न नहुने जनाई अवरोध गरेपछि बैठक स्थगन भएको थियो । परीक्षण सम्बन्धमा सहमति जुटेपछि प्रदेशसभा सदस्य एवम् कर्मचारीको पिसिआर परीक्षणपछि आजको बैठक शुरु भएको हो । बैठकमा प्रस्ताव सम्बन्धमा छलफल चलिरहेको छ ।

गण्डकी प्रदेशसभाका तीन प्रदेशसभा सदस्यसहित एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभामा मङ्गलबार प्रदेशसभा सदस्यसहित १५३ जनाको कोरोना परीक्षण गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक सपना सुवेदीले जानकारी दिनुभयो ।

पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएमा उक्त सदस्यले छलफलमा भाग लिन नपाउने तर मतदानमा भने भाग लिने गरी सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर