काठमाडौँ, २२ जेठ ः नेपाली कांग्रेसका सांसद जीवन परियारले आगामी आर्थिक वर्षको बजेट यर्थाथपरक नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आव २०८१÷८२ को बजेटमाथि छलफलका क्रममा उहाँले ऋणको आकार बढदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले प्राप्त नहुने लक्ष्यलाई आधार बनाएको भन्दै बजेट निर्माणको क्रममा प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको धारणा व्यक्त गर्नुभयो । सांसद परियारले पुँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट नभएको बताउनुभयो । बजेटमा रु ३५ अर्ब बढी रकम कार्यकर्ता तहमा जाने गरी प्रस्तुत भएको आशङ्का व्यक्त गर्दै उहाँले भन्सार दर वृद्धि गर्दा तस्करी र चुहावट बढ्नेतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । “आजको मितिसम्म रु आठ सय ७० अर्ब राजस्व उठेको छ, यो हिसाबले असार मसान्तसम्म मुस्किलले रु ११ सय अर्बभन्दा बढी उठ्ने सम्भावना छैन । यस्तो अवस्थामा रु १८ सय ६० अर्बको बजेट प्रस्तुत भएको छ, बाँकी पैसा कसरी ल्याउने सोच्नुभएको छ रु म अर्थमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो, “हाम्रो ऋणको आकार झनझन बढ्दै छ । ऋण उठाएर ऋणको सावा ब्याज तिर्न लागिरहेका छौँ, यस्तो अवस्थामा कसरी राष्ट्रिय पँुजी निर्माण हुन्छ रु”

बजेटमाथिको छलफलमा सांसदहरू राजेन्द्रकुमार केसी, मुक्ताकुमारी यादव, सुशीला श्रीपाली ठकुरी, सुनिता बराल, प्रभु हजारा, सरस्वती सुब्बा, दीपा शर्मा, सुहाङ नेम्बाङ, तारा लामा तामाङ, रामकृष्ण यादव, सन्तोष चालिसे, सीताकुमारी राना, पुष्पबहादुर साह, राजेन्द्र बजगाईलगायतले बजेटमाथि टिप्पणी गर्नुभयो ।

बजेटमाथि सांसदहरुले बोल्ने क्रम आगामी बैठकमा पनि जारिरहने सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो । आजको बैठकमा गत वैशाख २५ गते निधन हुनुभएका पूर्वसांसद एवं पूर्वमन्त्री सूर्यमान गुरुङ ९ताप्लेजुङ०, पूर्वसांसद सैयद मेहराज अहद साह ९बाँके० र यही जेठ १ गते निधन हुनुभएका पूर्वसांसद खगेन्द्रराज रेग्मीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २३ गते बुधबार बिहान ११ बजे बस्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर