काठमाण्डौं, १० बैशाख । नेकपा एमालेले कर्णाली प्रदेशका चारजना प्रदेश सभा सदस्यलाई सांसद पद र पार्टी सदस्यताबाट हटाएको छ ।

हटाइनेहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापा हुनुहुन्छ । उहाँहरूलाई आज शुक्रबार बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले हटाएको हो ।

उहाँहरूमाथि कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार जोगाउन पार्टी निर्देशनविपरीत ‘फ्लोर क्रस’ गर्दै ह्वीप उल्लंघन गरेको अभियोग लगाइएको छ ।

उहाँहरूले गतसाता पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिनुभएको थियो ।

यसअघि निजहरूलाई स्पष्टीकरण सोधिएको थियो । आज हटइएकाहरू नेपाल/खनाल पक्षका हुन् ।

पार्टीको वैशाख ६ गते बसेको बैठकले माधव नेपालसहित भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट  ६ महिनाका लागि निलम्बन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर