काठमाडौ, २ भदौ ।माधव नेपाल अध्यक्ष भएको नेकपा एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । नेकपा एमालेका अध्यक्ष्य केपी शर्मा ओलीको पार्टीलाई एकलौटी ढंगबाट चलाउने हठी स्वभावका कारण सो पार्टी अन्ततः विभाजन भएको छ ।

एमालेका ५८ केन्द्रीय सदस्यको हस्ताक्षर बुझाइएको छ भने दुबै सदनका ३१ सांसदले माधव नेपाललाई साथ दिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

वरिष्ठ नेता माधवकुमार नेपालले एकताका अनेक प्रयास गर्दा पनि अध्यक्ष ओली आफनो हठमा कायम रहेकाले सो अवस्था आइपरेको पार्टीका नेताहरुको भनाईरहेको छ ।

नेता नेपाल  ‘नेकपा एमाले समाजवादी’ नामको दल दर्ता गर्न निर्वाचन आयोग पुग्नुभएको थियो ।
नेकपा एमाले समाजवादी’ पार्टिमा ९५ सदस्यीय केन्द्रीय कमिटी रहने वताइएको छ । झलनाथ खनाल वरिष्ठ नेता  बनाइएको छ ।  नवगठित पार्टी एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले चुनाव चिन्हबारे पछि निर्णय हुने बतानुभयो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले बुधबार संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर