काठमाडौं, १९ साउन । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ ।
निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार मंगलबार बसेको आयोगको बैठकको निर्णय अनुसार खारेज गरिएको हो ।

तीन वर्षसम्म लेखा प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूको दल खारेज गरेको हो ।

दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक बर्षसम्म अरुले प्रयोग गर्न नपाउने वताइएको छ ।

अव निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूको संख्या ९५ वटामा सीमित भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर