काठमाडौँ, १५ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको निर्णयविरुध्द महन्थ ठाकुर सर्वोच्च अदालत जानुभएको छ ।
निर्वाचन आयोगले साउन ११ मा जसपाको आधिकारिकताका लागि गरेको सनाखतपछि आधिकारिकताको निर्णय गरेको थियो ।
सो सनाखतमा यादवको पक्षमा ३४ कार्यकारिणी सदस्य र ठाकुरको पक्षमा १६ सदस्य रहेका थिए भने रेशम चौधरी तटस्थ बसेका थिए ।