वीरगञ्ज , ६ जेठः सशस्त्र प्रहरी बल पर्साद्वारा ८१ हजार ४९० थान ‘ट्याब्लेट’ ‘ट्रामाडोल हाइडोक्लोराइड’ लागुऔषध बरामद गरेको छ ।

आज वीरगञ्ज महानगर–२ स्थित भगुवा नाका नजिकै भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा परिमाणको लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

भारतबाट अवैध रूपमा लागुऔषध लिएर आउँदै गरेका दुई व्यक्ति सशस्त्र प्रहरी देख्ने वित्तिकै लागुऔषध छाडेर भारततर्फ भागेका उहाँले जानकारी दिनुभयो । बरामद भएको लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर