
काठमाडौ, १२ फागुन । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटीको आज वसेको बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
उक्त समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बैठकको निर्णय वारे जानकारी दिदै सो बताउनु भएको हो ।
प्रवक्ता ज्ञवालीले अहिलेको हकमा हामीले सर्वोच्च अदालतको फैसलालाई सम्मान र कार्यान्वयन गर्ने छौँ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय असंवैधानिक ठहर गर्दै १३ दिनभित्र संसद्को अधिवेशन बोलाउन आदेश दिएको थियो ।
उहाँका अनुसार बैठकले समग्र परिस्थितिबारे छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।
प्रतिनिधिसभाको अधिवेशन निर्धारित समयमै बोलाइने बताउँदै नेता ज्ञवालीले त्यसपछिको अवस्थाबारे सबै पक्षसँग छलफल गर्ने निर्णय समेत बैठकले गरेको छ ।