पोखरा, ६ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका सभापति शेरवहादुर देउवालाई जे मन लाग्यो त्यहि नबोल्न चेतावनी दिनुभएको छ ।
नेता पौडेल सो चेतावनी नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेशस्तरीय सम्मेलनलाई आज सम्बोधन गर्दै दिनुभएको हो ।
उहाँले त्यसरी बोल्नु भनेको पार्टीको नीति र निर्णय विपरित बोल्नु हो भन्नुभयो ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक, तानाशाही र अधिनायकवादी हो भनेर पार्टीको केन्द्रीय समितिले निर्णय गरेको छ, सभापति चाहिँ जनतालाई कन्फ्युजनमा पारेर हिंड्ने ? जे मन लाग्यो त्यहि बोल्दै हिंडने ?’ वरिष्ठ नेता पौडेलले स्पष्ट पार्नुभयो ।
नेता पौडेलले सभापति देउवाप्रति संकेत गर्दै संविधान र लोकतन्त्रमाथि हमला र प्रहार गर्ने काम हुँदा पनि अदालतको फैसला कुर्छु भन्नु हास्याँस्पद भएको बताउनुभयो ।
लोकतन्त्र, संविधान र जनताको पहरेदार राजनीतिक दल हो,’ लोकतन्त्र र संविधानमाथि केपी ओलीले हमला गरेका छन्, यस्तो बेला फैसला कुर्ने कि लोकतन्त्र र संविधानको रक्षाका लागि लड्ने हो ?’ भनि प्रश्न गर्दै
उहाँले भन्न¬भयो – संविधान र लोकतन्त्रका लागि लड्नु भनेको अदालतबिरुद्ध लडेको होइन बरु अदालतलाई संविधान अनुसार फैसला गर भनेर ध्यानाकर्षण गराएको हो ।
अदालतले पनि जे मन लाग्यो त्यो फैसला गर्न नपाउने भन्दै अदालतले फैसला गर्दा संविधान अनुसार फैसला गर्नुपर्ने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, संविधानमा जे लेखेको हुन्छ त्यहि अनुसार फैसला हुनुपर्छ । यो भन्न कांग्रेसले मुख लुकाउनु हुँदैन ।